दफा ३५
फिर्ता चिठ्ठी फाँटमा पठाएका डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फर्छयाउने
:    (१)दफा ३४ को उपदफा (३) बमोजिम फिर्ता चिठ्ठी फाँटमा पठाइएको हुलाक वस्तुमा देहाय
बमोजिम गरिनेछः–
(क) हुन सकेमा ठेगानावाला कहाँ हुलाकबाट पुन चलान गरी पठाउने वा
(ख) सो बमोजिम पठाउन नसकिने भएमा सो फाँटको सम्बन्धित कर्मचारीले गोप्य रुपबाट हुलाक वस्तु खोली पठाउनेको नाम र ठेगाना हेरी पुन बन्द गर्ने ।
(२) पठाउनेको नाम र ठेगाना पत्ता लागेमा सो हुलाक वस्तुलाई कुनै थप महसुल वा दस्तुर नलिई वा नेपाल सरकारले नियमहरु बनाई तोकिदिएको महसुल वा दस्तुर लिई पठाउने कहाँ हुलाकबाट फिर्ता पठाइनेछ ।